काठमाडौं – चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशनले ९० अर्ब लगानी गर्ने भएको छ ।
कम्पनीले पाँच वटा ठुला खानेपानी आयोजना बनाउने भएको हो ।
कर्पोरेशनले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्दै ६० लाख नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने बताएको हो ।
चाइना एक्जिम बैंकबाट सहुलियत ऋण ल्याएर खानेपानीमा लगानी गर्ने योजनासहित प्रस्ताव बुझाएको छ ।
मन्त्रालयले खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजना अघि सारेको छ ।
FACEBOOK COMMENTS