काठमाण्डौँ — कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दसैं, तिहार, छठ पर्वमा खाद्यान्न अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘चाडबाडको समयमा दुग्ध, मासु, फलफूल, तरकारी लगायतको अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न निर्देशन दिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले बताइन् ।
दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिन अनुगमनको व्यवस्था गर्न पनि बताइन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS