काठमाण्डौँ — एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।
“चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै”भन्ने नारा सहित यो ब्यवस्था गरेको छ ।
रेमिट रकमग्राहकहरुले यस बैंकका २ सय ४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्ने छन् ।
यो सुविधा आगामी असोज, काक्तिक एवं मङ्सिर महिनासम्म लागि रहने बैकले एक विज्ञप्ती मार्फत जनाएको छ ।
FACEBOOK COMMENTS