काठमाण्डौ– नेपालको बजारमा चिनीको भाउ बढ्दै गैरहेको बेला वीरगंज स्थित सुख्खा बन्दरगाहामा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ ।
चार्डपर्वलाई लक्षीत गरि भित्राइएको चिनी सुख्खा बन्दरगाहमा रोकिएको हो ।
सरकारले चिनी आयातमा परिणात्मक बन्देज लागु गरेपछि साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा अलपत्र परेको छ ।
सरकारको केटा केटीको जस्तो निर्णयले नीति ल्याउनु अघि नै एलसी खोलेर नेपाल भित्रिएको चिनी समेत सुक्खा बन्दरगाहमा दुई १५ दिन देखी थन्कीएको हो ।
उद्योगी र सरकारी कर्मचारीको चलखेलको कारण उपभोक्ताहरु चाडबाडमा महंगो मूल्य तिरेर चिनी खरिद गर्न बाध्य भएका छन् ।
दसैं, तिहार र छठलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनले जेठ २३ मा ५ हजार टन चिनी आयातका लागि एलसी खोलेको थियो ।
आपसी प्रक्रिया पूरा गरेपछि भारतको श्री रेणुका सुगर मिलसँग असार २९ गते नै चिनी खरिदका लागि बुकिङ गरेको थियो ।
भदौ १८ गते नै २ हजार ४ सय ५४ टन बोकेर र्याक वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुगेको थियो । तर बाँकी चिनी असोज ६ गते मात्रै सुक्खा बन्दरगाहमा आइपुग्यो।
सरकारी निर्णयका कारण बन्दरगाहमै चिनी अड्किएको साल्ट ट्रेडिङको वीरगन्जस्थित क्षेत्रीय कार्यालयले बताएको छ ।
FACEBOOK COMMENTS