काठमाण्डौँ – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ ।
सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा प्रमुख गन्तव्यमा निगमका जहाज नै उडाउने सरकारको योजना छ ।
त्यही आधारमा निगमले गत दुई महिना (असार १४ र साउन १०) गते दुई ठूला क्षमताका ‘बाइड बडी’ जहाज भित्र्याएको थियो ।
– रातोपाटि
FACEBOOK COMMENTS