काठमाण्डौँ — मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे ।
मेगा बैंकका शाखा प्रबन्धक पोखरेलले शाखारहित सेवा सुरु भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने बताउँदै अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न आग्रह गरे ।
FACEBOOK COMMENTS