काठमाण्डौँ — चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी एसियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम सुरु भएको छ ।
शक्तिखोर बजार नजिकैको शक्तिखोला सडक आयोजनाको संघीय सांसद् तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले शिलन्यास गरे ।
शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई यो सडक निर्माणले सहज बनाउने बताए ।
निर्माणको जिम्मा साञ्जी एण्ड आशीष जेभीले ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो ।
— कारोबार
FACEBOOK COMMENTS