काठमाडौं, जेठ १२ – दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रो पटकमा एक हप्ता निषेधाज्ञा थप गरेको छ।
दोस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदै थियो। जेठ २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
खाद्यान्न तथा दैनिक उपभोग्य सामान खरिदका लागि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्मको समय दिइएको छ।त्यसैगरी, आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकहरू खोल्न पाइने लामिछानेले बताए।
FACEBOOK COMMENTS