काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको हो ।चितवनका लागि डेभिड मलानले सर्बाधिक ८० रन बनाएका थिए भने अर्जुन साउदले ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले अविजित ३० रन बनाए भने सैफ जैबले ७ र रवि बोपाराले ३ रन बनाएका थिए ।त्यस्तै जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक एक विकेट लिएका थिए।
FACEBOOK COMMENTS