काठमाडौं, पुस २५ – चितवन चेम्बर अफ कर्मसका सम्पूर्ण सदस्यलाई चितवन मेडिकल कलेज सिएमसीले उपचारमा २० प्रतिशत छुट दिने भएको छ ।
चेम्बर अफ कमर्स र सिएमसी बिच भएको सम्झौता अनुसार २० प्रतिशत छुट दिने निर्णय भएको चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले जानकारी दिएका छन् ।
सहमति पत्रमा सिएमसीका निर्देशक डाक्टर दयाराम लम्साल र चेम्बरको तर्फबाट दीर्घमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
चितवनमा व्यवसायीहरुको हितको लागि खोलिएको संस्था मध्ये पहिलो पटक चेम्बरले मेडिकल पार्टनरको रुपमा सुरु गरेको श्रेष्ठको भनाई छ । उनले व्यवसायीको हितको लागि भएको निर्णय लामो समय सम्म टिकाउने जानकारी दिए ।
FACEBOOK COMMENTS