काठमाडौं, भदौ १३ – चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत थप एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार निजगढ नगरपालिका-७ बस्ने वर्ष ४७ की एक महिलाको उपचारको क्रममा कोभिड अस्पतालको आइसियु कक्षमा बिहान करिब ७ बजेर ५३ मिनेटमा मृत्यु भएको हो ।
उनी मिर्गौलासम्बन्धी रोगले पीडित थिइन् । उनी मिर्गौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएको डाक्टर लम्सालले बताए । उनको कोरोना परीक्षणको लागि भदौ ७ गते पठाइएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो।
FACEBOOK COMMENTS