काठमाडौं, वैशाख २५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले बनाएको कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ । डब्लूएचओले पहिलो पटक पश्चिमा मुलुकभन्दा बाहि बनेको कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको हो ।
डब्लूएचओको अनुमति पाउनु अगावै सिनोफर्मले बनाएको खोप विश्वभरका करोडौं मानिसले लगाइसकेका छन् । चिनियाँ खोप अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरै देशमा प्रयोगमा आइसकेको छ ।
योभन्दा पहिला डब्लूएचओबाट फाइजर, एट्रेजेनेका, जोनसन एण्ड जोनसन र मोर्डनाले बनाएको खोपले अनुमति पाइसकेका छन् । यससँगै डब्लूएचओले आगामी दिनमा अर्को चिनियाँ कम्पनीले बनाएको खोपलाई पनि अनुमति दिने सम्भावना छ ।
यसैगरी रसियामा बनेको ‘स्पुतानिक भी’को पनि मूल्यांकन भइरहेको छ ।
FACEBOOK COMMENTS