काठमाण्डौँ — राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवदेनअनुसार निगमलाई २०७४र७५ मा उक्त घाटा भएको छ ।
चीनमा निर्माण भएको ५८ सिट क्षमताको दुईवटा एमए ६० र १८ सिट क्षमताको चारवटा र वाई १२ ई नामका ६ वटा जहाजलाई आन्तरिक उडानमा प्रयोग गरेको छ ।
निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ मार्फत २८ करोड ९७ लाख गरी एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ खुद घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।
२०७४/७५ को एक आर्थिक वर्षमा एमए ६० ले २० करोड ६४ लाख सञ्चालन आम्दानी गरेको थियो ।
यसबाट यो वायुसेवाको सञ्चालन खर्च ३१ करोड ३ लाख रुपैयाँ र अप्रत्यक्ष खर्च २१ करोड २५ लाख रुपैयाँ छ ।
यसले गरेको कुल आम्दानीबाट एक वर्षमा भएको खर्च घटाउँदा एमए ६० मा मात्रै ३१ करोड ६४ लाख खुद घाटा रहेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS