काठमाण्डौँ — नेपाल वायु सेवा निगमले दुर्गम भेगका लागि ल्याएको चिनियाँ विमान वाई–टुएल्भ–ईले लुक्लामा परीक्षण उडान सफल गरेको छ ।
मंगलबार बिहान निगमका प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले उडान गरेका हुन ।
चीनबाट ल्याएको सानो विमान वाई–टुएल्भ–ईले पहिलो पटक सोमबार रामेछापमा परीक्षण उडान गरेको थियो ।
बिहान ६ बजेर ३० मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान ३७ मिनेटमा लुक्ला पुगेको थियो ।
यो विमानबाट जोमसोम र कर्णालीमा पनि परीक्षण उडान गर्ने निगमले तयारी गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS