काठमाण्डौँ — प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले चिनीमा भएको आर्थिक चलखेल छानबिन गर्न पत्राचार गरेको छ ।
अर्थ र आपूर्ति मन्त्रालय र मातहतका विभागको मिलेमतोमा चिनी आयात बन्द गरी १२ उद्योगीको कार्टेलिङ गराएको विस्तृत छानबिन गर्न पत्रचार गरेको हो ।
‘भदौ २१ गते प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, सरकारी पदाधिकारी, उखु किसान र चिनी उद्योग संघका प्रतिनिधिका बीच भएको सम्झौता कार्यान्वयन भएन ।
प्रतिकिलो ७० रुपैयाँँ बजार मूल्य कायम गराई बजारमा चिनीको चरम मूल्य वृद्धि गराउनमा प्रत्यक्ष सहयोग गरेको समितिका सचिव रोजनाथ पाण्डेले बताए ।
यसअघि लेखा समितिले गठन गरेको उपसमितिले चिनी उद्योगीको अनुचित प्रभावमा परी चिनी आयातमा पूर्ण बन्देज लगाएर ‘आर्थिक चलखेल’ भएको ठहर गरेको थियो ।
उपसमितिले थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन असोज २५ गते बुझाएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS