काठमाडौं- उद्योग मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योगीहरुले सरकारसँग निहुँ खोजेको आरोप लगाएका छन् ।
बुधबार संसदको उद्योग बाणिज्य र श्रम तथा रोजगार समितिको बैठकमा मन्त्री यादवले चिनी उद्योगीहरुलाई किसानको भुक्तानी तत्काल नदिए थप कारवाही गर्ने बताएका छन ।
समितिको बैठकमा मन्त्रीले ‘मन्त्रालयसँग कुरा नगर्ने, समितिमा उजुरी गर्ने, म धेरै कार्यक्रम स्थगित गरेर यहाँ आएको हुँ, चिनी उद्योगीले के गर्न खोजेको ? भिड्ने भए आउनुस्’, भने ।
चिनी आयातमा कोटा निर्धारण, भन्सार दर वृद्धि लगायतका सहुलियत दिँदा समेत उद्योगीले निहुँ खोजेको मन्त्री यादवको भनाई थियो ।
उनले यथेष्ठ सहुलियत दिँदा पनि चिनी उद्योगीले किसानलाई उखुको भुक्तानी नदिएको पनि आपत्ती जनाए । ‘तपाईहरुले सुबिधै सुबिधा चाहिने अनि किसानलाई उखुको भुक्तानी पनि नदिने ? यस्तो पनि कहिँ हुन्छ, अब मन्त्रालय चुप लागेर बस्दैन’, उनले भने ।
FACEBOOK COMMENTS