काठमाण्डौ– उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा कतार भ्रमण गएको बेला कार्यबाहाक अध्यक्ष शेखर गोल्छाले उखु किसानको बक्यौता नतिरी प्रक्राउ परेका राकेश अग्रवाललाई छुटाउन नेपाल उद्योग वाणिज्य महासंघलाई प्रयोग गर्दै विभिन्न शत्ति केन्द्र धाउदै अपरधी लाई समात्ननै नहुने आसयको प्रेस विज्ञप्ती समेत सञ्चारमाध्यमा पठाएको छ ।
उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा प्रकाउ परेका राकेश अग्रवालको घटना प्रति ध्यानाकर्षणमा पत्रमा उद्योग वाणिज्य महासंघका कुनै पदाधिकारीको हस्ताक्षर विना नै सञ्चारमाध्यमलाई प्रेस विज्ञप्ति जारी गरी चलाखी पूर्ण ढंगबाट गोल्छाले काम गर्ने गरेको समेत पुष्टि भएको छ ।
बुधबार प्रहरीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिल सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको हो ।
इन्दिरा सुगर एण्ड एग्रो प्रालिको तर्फबाट ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको तर्फबाट ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ। यी दुवै मिलका सञ्चालक अग्रवाल हुन्।
सरकारले चिनी अयातमा प्रतिबन्ध लगाएपछि चिनी उद्येगीलाई दसैंपूर्व ५ दिनभित्र अनिवार्य उखु किसानको रूपमा चुक्ता गर्न निर्देशन दिएको थियो । चुक्ता नगरेमा कानुनी कारबाहीका लागि गृह मन्त्राले कावाहि गर्ने चेतावनी दिएको थियो ।
FACEBOOK COMMENTS