काठमाडौं,कार्तिक १८ – चिलिमे जलविद्युत कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर २५ प्रतिशत दिने निर्णय गरेको हो ।आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले प्रतिशत २० बोनस सेयर र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपियाँ रहेको छ ।
कम्पनीले मंसिर ११ गते साधारणसभा गर्ने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS