काठमाडौं, वैशाख २८ । चिलिमे जलविद्युत कम्पनीले चालू आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक वर्षको यही अवधिमा आर्जन गरेको नाफाको तुलनामा दुई प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको यस वर्ष विद्युत बिक्री आम्दानी पनि ०.५८ प्रतिशतले घटेको छ । गत वर्ष ८० करोड ३७ लाखको विद्युत बिक्री गरेको चिलिमेले यस वर्ष ८० करोड १२ लाख रुपैयाँको बिक्री गरेको छ ।
गत वर्ष ५६ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष ५५ करोड १८ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ । कुल सम्पत्ति रू। १० अर्ब ४३ करोड ४४ लाख ९३ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ८३ रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ दशमलव ४७ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS