काठमाण्डौँ — चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले यो आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो ।
सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS