ललितपुर, मंसिर १३ – ज्येस्ठ नागरिकलाई चिसोबाट हुने निमोनियाबाट कसरी जोगिने भन्ने सिकाउने उदेश्यका साथ लगनखेलमा जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रम ललितपुर महानगरपालिका वडा नम्बर ०५, वडा स्वास्थ्य कार्यान्वयन समितिले पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार आयोजनामा गरिएको हो ।
७० बर्ष र सो भन्दा माथिको उमेरका करिब डेढ सय ज्येस्ठ नागरिकको उपस्थिती माझ पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पाटन अस्पतालका चिकित्सक डा. राजेश किशोर यादवले स्लाईड सो मार्फत प्रशिक्षण दिएका छ । प्रशिक्षणका क्रममा डा. यादवले चिसो मौसममा ज्येस्ठ नागरिकमा देखिने समस्या, त्यसबाट बच्नु पर्ने उपाय, भ्याक्सिन लगाउनु पर्ने उमेर र कारण, भ्याक्सिन लगाउदा लाग्ने खर्च आदीका बारेमा प्रकाश पारेका थिए ।
‘ललितपुर महानगर भित्र रहेका ७० बर्ष भन्दा माथिका ज्येस्ठ नागरिकलाई भ्याक्सिन लगाउने कार्यक्रम रहेकोले उक्त भ्याक्सिन लगाउनु पूर्व त्यसको महत्व उजागर गर्ने मुख्य उदेश्यका साथ जानकारीमुलक कार्यक्रमका रुपमा यस कार्यक्रमको आयोजना गरिएको हो’ ललितपुर महानगरपालिका वडा नम्बर ०५ का अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।
वडा स्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभा देवी प्रधान श्रेष्ठले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रममा वडा सदस्यद्वय अशोक श्रेष्ठ र पुनम निरौला, ललितपुर महानगरपालिका जनस्वास्थका सानुमाया डङ्गोल र मुना लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS