_20190925143159.jpg)
‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो। गार्डियनले लेखेको छ- द ग्रे वाल अफ चाइना अर्थात् चीनको खैरो पर्खाल।
गार्डियनले भनेको छ- अमेरिकाले २० औँ शताब्दीमा बनाएका सिमेन्टेड भौतिक संरचना चीनले हरेक दुई वर्षमा बनाइरहेको छ।
यो विमानस्थलमा विश्वकै ठूलो एकल भवन टर्मिनल छ। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको यो विमानस्थलको ओपनिङमा चिनियाँ राष्ट्रपति सी चिङफिङ पनि सहभागी भएका छन्।
अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ मानउन लागेको चीनले त्यसअघि यो विमानस्थल सञ्चालनमा ल्याएको छ।
७ लाख वर्ग मिटर क्षेत्रफलमा रहेको यो विमानस्थलमा चारवटा रन वे छन्। सन् २०२५ सम्ममा वार्षिक ७ करोडभन्दा बढी यात्रुलाई सेवा दिने गरी उक्त विमानस्थलको क्षमता विस्तार गरिने गार्डियनले लेखेको छ।

सन् २०४० सम्ममा यहाँ ८ वटा रन वे बन्नेछन् र वर्षमा १० करोड यात्रुलाई सेवा दिइनेछ।

आलोचकहरूले राजधानीमा एउटा विमानस्थल हुँदाहुँदै अर्को विमानस्थल किन चाहियो भनेर प्रश्न गरेको पश्चिमा मिडियाहरूले लेखेका छन्। यो राजधानी पइचिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ।

_20190925143158.jpg)
FACEBOOK COMMENTS