काठमाडौं, ०२ कार्तिक – ‘फ्रोजन प्याकेजिङ फूड’ तपाईं कतिको खानुहुन्छ ? चीनमा यही फ्रोजन फूडका कारण कोरोना भाइरस फैलिएको तथ्या बाहिर आएको छ । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शनिबार यस सम्बन्धमा चेतावनी जारी गर्दै सूचना प्रकाशित गरेको छ ।
यस वर्षको सेप्टेम्बरमा, चीनले १९ देशका ५६ वटा कम्पनीहरूको फ्रिज फूड प्याकेजिङलाई चीनमा प्रवेशमा रोक लगाएको छ । केही कर्मचारी सदस्यहरू कोविड १९ संक्रमित पाएपछि चीनले उक्त फूडको आयातमा प्रतिबन्ध लगाएको हो ।
सीडीसीका अनुसार फूड प्याकेजि (रेफ्रिजरेटेड फूड प्याकेज्ड) मा सक्रिय कोरोना भाइरस भेटियो । गत हप्ता चीनको क्विंगदाओमा कोविड १९ को प्रकोपको कारणको छानबिन गर्दा सीडीसीले घटनाको खुलासा गरेको छ ।
FACEBOOK COMMENTS