काठमाण्डौं– नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाओ सुफेङबीच भेटवार्ता भएको छ।
सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया“ व्यवसायिक प्रतिनिधिमण्डलसित आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ।
सो अवसरमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा स्पष्ट पारे।
नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको बताउँदै उनले चीनबाट अरु अपेक्षा रहेको बताए।
ढकालले व्यवसायिक ऐन र अन्य आवश्यक ऐन कानूनहरूलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढी भन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि गृहकार्य गरिरहेको जानकारी गराए।
नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार ९सडक, पुल, टनेल, एयरपोर्ट, पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न उद्योगीले आग्रह गरे।
FACEBOOK COMMENTS