काठमाडौं, फागुन २०- नेपाल एयरलाइन्सले ४ करोड ४० लाखको बिल सरकारलाई पेश गरेको छ । एयरलाइन्सले चीनबाट उद्दार गरिएका नेपालीलाई नेपाल ल्याएको बिल सरकारलाई पेश गरेको हो ।
चीनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट १ सय ७५ जना नेपालीलाई नेपाल एयरलाइन्सको सहयोगमा नेपाल ल्याईएको थियो ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १६ दिन राखिएका उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपनि सोमवार घर पठाईएको छ ।
FACEBOOK COMMENTS