काठमाडौँ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिद गर्ने भएको छ । सरकारले खोप खरिदको लागि सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिनोर्फमबाट खरिद गरेको खोप असार २४ गतेबाट आपूर्ति सुरु हुने छ । उक्त खोप साप्ताहिक रुपमा आउने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हालसम्म ४२ लाख ४८ हजार मात्रा खोप नेपालले पाइसकेको छ । जसबाट २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत)ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत)ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
FACEBOOK COMMENTS