काठमाडौं, जेठ १७ – चीनमा अब जोडीले ३ सन्तानसम्म जन्माउन पाउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले जनसंख्या सम्बन्धी कानुन संशोधन गरको छ।
चिनियाँ सञ्चार माध्यमका अनुसार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको कम्युनिस्ट पार्टीको पोलिटव्यूरो बैठकले नयाँ नीति कार्यान्वयनमा ल्याएको हो।वृद्धवृद्धाहरुको संख्या बढी देखिन थालेपछि चीनले २०१६ मा नै एक सन्तान नीति परिवर्तन गर्दै दुई सन्तान पाउन पाउने व्यवस्था लागू गरेको थियो।
चीनमा जनसंख्या बढेपनि महिलाको तुलनामा पुरुषहरुको संख्या बढि हुनु, पुरुषहरुलाई बिहेका लागि जटिल अवस्था सिर्जना हुने भएपछि चिनियाँ सरकारले आफ्नो नीतिमा परिवर्तन गरेको बताइएको छ।
FACEBOOK COMMENTS