काठमाडौं, माघ १५- ब्रिटिस एयरलाइन्सले बुधबारदेखि चीनमा आफ्नो सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसलाई फैलिन नदिन उडान रद्द गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अत्यावश्यक उडानहरु भने नरोकिने जानकारी दिएको छ ।
चीनमा कोरोना भाइरसका कारण १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसको प्रभावको कारण आगामी मार्चसम्म चीनमा उडान नभर्ने जनाएको छ ।
अमेरिकी एयरलाइन्सले पनि मंगलबार चीनका बेइजिङ, हङकङ र सांघाईबाट हुने उडान अस्थायी रुपमा स्थगित गरेको थियो ।
FACEBOOK COMMENTS