काठमाडौं,फागुन ३- चीनमा रहेका १ सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गरी नेपाल ल्याउन लागेको हो ।
शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।
चीनबाट फकिएका व्यक्तिले तत्काल आफन्त तथा साथीभाइरहरुसंग भेट्न पाउने छैनन । उनीहरुलाई सरकारले छुटै क्वारेनटाइनको व्यवस्था गरेर राख्ने छ । त्यसको लागि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा राखिनेछ ।
FACEBOOK COMMENTS