काठमाडौं, असोज २० – कोभिड–१९ विरुद्ध चीनले देशमै बनेका खोपहरूलाई अन्तर्राष्ट्रिय उपयोगका लागि वितरण गर्न विश्व स्वास्थ्य संगठनसँग कुराकानी गरिरहेको संगठनका एक अधिकारीले मंगलवार बताएका छन् ।
जोखिममा रहेका महत्त्वपूर्ण कामदार तथा अन्य समूहका हजारौं मानिसहरूलाई देशमै बनाइएका खोपहरू लगाइसकिएको छ यद्यपि मानवीय परीक्षणहरू पूरा भइसकेका छैन् । यसले गर्दा विज्ञहरूले सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका छन् ।
पश्चिमी प्रशान्त क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य प्रविधिसम्बन्धी विश्व स्वास्थ्य संगठनका संयोजक सोकोर्रो एस्कालातेले अन्लाइन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चीनले खोपको आकस्मिक उपयोगका लागि आफूहरूसँग आरम्भिक छलफलहरू गरिरहेको बताए ।
संगठनको आकस्मिक उपयोग नीतिअन्तर्गत अनुमति प्राप्त नगरेका खोप तथा उपचारलाई सार्वजनिक स्वास्थ्यको आकस्मिकतामा उपयोग गर्न अनुमति दिइन्छ ।
यसले संगठनका सदस्य मुलुकहरूलाई खोपको स्वीकार्यता सुनिश्चित गर्न सहयोग गर्नेछ ।
‘यी खोपहरूको गुणस्तरीयता तथा प्रभावकारिताको मूल्यांकनका लागि आकस्मिक उपयोगले सहयोग गर्नेछ अनि यसलाई हाम्रो अनुमतिका लागि पनि उपलब्ध गराइनेछ,’ एस्कालान्तेले भने ।
FACEBOOK COMMENTS