काठमाडौँ, पुस २ – कोरोनाविरुद्ध आफैं खोप निर्माण गरिरहेको चीनले बायोएनटेक र फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोप पनि किन्ने भएको छ ।
बायोएनटेक र उसका साझेदार चिनियाँ साझेदार सांघाई फोसन फर्मास्युटिकल्सले एक वक्तव्य जारी गरी जानकारी दिएअनुसार चीनले उक्त खोपको १० करोड डोज किन्ने भएको छ ।
चीनको सरकारले त्यसका लागि अनुमति प्रदान गरिसकेकाे र चाँडै नै खोप पठाउन थालिने बताइएको छ ।
त्यसो त चीन आफैंले खोप निर्माण गरिरहेको भए पनि जनतामा त्यसबारे धेरै भ्रम र आशंका छाएको छ । त्यसैले मध्यमवर्गीय चिनियाहरुले घरेलु खोपभन्दा पनि बढी विदेशी खोपलाई विश्वास गर्ने वातावरण चीनमा पैदा भइरहेको छ । अर्कोतिर चीनको उत्पादनले घरेलु मागलाई धान्न सक्ने अवस्था नरहेकोले पनि बायोएनटेकको खोपले चीनमा बजार पाउने सम्भावना पनि देखिएको छ।
FACEBOOK COMMENTS