विदेशमन्त्री यीले नेपालसँग रहीआएको चिनियाँ आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारका सम्बन्ध र परस्परको सहयोगबारे परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा कुराकानी भैसकेको सन्दर्भ उल्लेख गर्दै नेपालको छनौट र प्राथमिकताका योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोर्याएका थिए। बालुवाटार बैठकमा परराष्ट्र सचिव शंकर बैरागी, चिनियाँ विदेश मन्त्रालयका सचिव लु झोवी, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलगायतको उपस्थिती थियो।
परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा भने चीनबाट आउने भनिएको केरुङ–रसुवागढी–काठमाडौं रेल्वे परियोजना र वन बेल्ट वन रोड(बीआरआई) अन्तर्गत छनौटमा परेका नेपालका योजनाहरुबारेमा पनि छलफल भएको जानकारी परराष्टमन्त्री ज्ञवालीले दिए। ‘रेल्वे र बीआरआई प्रस्तावित योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोरिएको छ,’मन्त्री ज्ञवालीले भने—‘यसको विस्तृत स्वरुप, ढाँचा र मोडालिटीबारे अब कार्यायोजना तय हुने भएको छ, अब योजनाहरु कार्यान्वयनको दिशामा अघि बढ्नेछन्।’ परराष्ट्र मन्त्रीले संयन्त्र बैठकले नेपाल–चीन सम्बन्ध र परस्पर सहयोगको स्वरुपलाई अर्को उचाइमा पुर्यउने विश्वास लिए।
विदेश मन्त्री यीले सोमबार अपरान्ह राष्ट्रपति विद्यादेवी भेण्डारीसँग पनि भेटवार्ता गरेका थिए। भेटमा दुई देशीय सम्बन्ध र परस्पर सहयोगका प्रतिबद्धताहरुमाथि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। विदेश मन्त्री यीले सोमबार बिहान चन्द्रागिरी केवलकारको भ्रमण तथा मातातिर्थ क्षेत्रमा झण्डै एक घण्टा पैदल यात्रा गरेका थिए।
विदेश मन्त्री यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देयवालगायतका राजनीतिक नेता र नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग भेटघाट गर्दैछन्। विदेशमन्त्री मंगलबार दिउसो बेइजिङ फर्कदैछन्
।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS