काठमाण्डौँ — चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ।
गत असारमा डिपिआर तयार गरिएको थियो।
वर्षाका कारण सडकमा थप क्षति भएकाले डिपिआर संशोधन गर्न लागिएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले दुई वर्षभित्र नवनिर्मित यो सडकको स्तरोन्नतिको कार्य गर्नेछ।
नयाँ ट्रयाक खोलिएको सडकका धेरै स्थानमा पहिरो गएको योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए ।

डिपिआर सकिएपछि टेन्डर प्रक्रियामा जाने योजनाले जनाएको छ।

— नागरिक

              
              
              
              		              
FACEBOOK COMMENTS