काठमाण्डौँ — कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरमा जडीबुटी प्रशोधन केन्द्र स्थपना गरिएको छ।
जंगली जनावरसंगको द्वन्द्व न्युनिकरण गर्ने उद्देश्यले त्यसको विकल्पका रुपमा प्रशोधन केन्द्र स्थापना स्थापना गरिएको हो।
सहिद स्मृति सामुदायिक वनको परिसरमा प्रशोधन केन्द्र स्थापना गरिएको छ।
देशका ६ जिल्लामा जडिबुटी विकास कार्यक्रम दिगो कृषि तथा जैविक स्रोतका लागि एनएसएसिब संस्थाले यो कार्यक्रम थालेको हो।
मेन्था, केमोमाइल, कुरिलो, तेजपत्ता प्रशोधनका लागि केन्द्र स्थपना गरिएको संस्थाका संयोजक डा.नविनराज जोशीले बताए।
— नागरीक
FACEBOOK COMMENTS