काठमाडौं, चैत ३१ – नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नव निर्वाचित पदाधिकारीलाई आफ्नै कार्यालयमा स्वागत गरेको छ । चेम्बरका पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्र एक भएर अगाडी बढ्नुपर्ने बताए ।
उनले भने, ‘विगतमा धेरै क्षेत्रहरुमा नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएकाले आगामी दिनमा पनि सहकार्य गर्नुपर्छ ।’ अध्यक्ष मोरले कोभिड–१९को पहिलो लहरमा नेपालको नीजि क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकार समक्ष पहल गरेको स्मरण गरे ।
यस्तै, उनले कोभिडको दोस्रो लहरमा पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने बताए । पहिलेदेखि नै नीजि क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानि यसको विकल्पको रुपमा रहेको उनको भनाई छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका संस्था एक सिक्काको दुई पाटा भएको बताए । सरकारले नेपालको नीजि क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनको भनाई छ ।
FACEBOOK COMMENTS