काठमाडौं, पुस १४ – नेपाल चेम्बर अफ कमर्शले भ्रमण वर्षको लोगो अंकित प्रवद्र्धनात्मक सन्देश आइतबार अनावरण गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चेम्बर भवन कान्तिपथमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीद्वारा अनावरण गरिएको हो । उक्त सन्देशमा समावेश लोगो अहिलेसम्मकै ठूलो भएको चेम्बरको दाबी रहेको छ ।
करीब ३०/३० फिट चौडाइ र लम्बाइको प्रवद्र्धनात्मक सन्देश चेम्बरले अनावरण गरेको बताएको छ ।
कार्यक्रममा बोल्दैं चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजीक्षेत्रले प्रवद्र्धनात्मक कार्य गरिरहेको र आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने उनले बताए ।
FACEBOOK COMMENTS