काठमाडौं, फागुन १४ – नेपाल चेम्वर अफ कमर्सले आफ्नो ७०औं वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरद्वारा निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्दै महानिरीक्षक थापाले युवाहरुबाट सृजित चित्रकलाहरु अवलोकन गर्दा नयाँ पुस्ता बढी जिम्मेवार, दूरदर्शी तथा परिपक्व देखिएको महसुस भएको बताए । प्रतियोगीहरुमा उच्च कोटीको कलाकारमा हुने गुण रहेको र कलाकारले प्रस्तुत गरेको ल्याण्डस्केप, रंगको संयोजनबाट आफूले नविन ज्ञान पाएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलाकारहरुबाट सृजित कलाकृतिले नयाँ ज्ञान र सीप रहेको बताए । उनले कलाकारहरुको कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्ष पछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिबिम्वित भएको बताए । नेपाल युथ चेम्वरका उपाध्यक्ष नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्बरको भूमिकाबारे बताइन् । यस्तै निवन्ध प्रतियोगिताका विजेताहरुले कारोबार आर्थिक राष्ट्रिय दैनिकमा इन्टर्नसिप गर्न पाउने भएका छन् ।
#Nepal_chamber_of_commerce