कास्की,चैत १४- पोखरा चेम्बर अफ कमर्श फेवा एकाइ र नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाले संयुक्त रूपमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेका छन्। कोभिड १९ को संक्रमणको त्रासका कारण रगतको अभाव नहोस् भन्ने हेतुले चेम्बरले रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ३४ युनिट रगत संकलन भएको चेम्बर अफ कमर्श फेवा एकाइका महासचिव तुलसी दाहालले बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उद्घाटन गर्दै रगतको अभाव हुन नदिन उपशाखा र सामाजिक संघसंस्थालाई रक्तदान गर्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS