काठमाडौं, भदौ ३ । नेपाल चेम्बर अफकमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरे ।
सम्झौता पत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यवशायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत , आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफकमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्तिहरुलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवाउपलब्ध गराउने उल्लेख छ ।
मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटि एक अभियानको रुपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए ।
त्यसैगरी चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारी पत्र भएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्यएंव आबद्ध सबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS