काठमाण्डौँ — सरकारले आगामी चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्ने भएको छ ।
विगत चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ राख्न खोजिएको हो ।
धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको थियो ।
मुलुकको प्रतिष्ठासँग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितको टोलीले कालोपत्रका लागि भइरहेको प्रगतिका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो ।
विमानस्थलको कालोपत्रलाई फेरर नयाँ कालोपत्र राख्ने तयारी गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS