काठमाडौं, श्रावण १७ – ३ हप्ता अघि नेपालमा अवैध तरिकाले ठुलो परिणाममा चिनी भित्रिएको खबरले राष्ट्रव्यापी चासो मात्रै होईन चिन्ता समेत बढाएको छ ।राजश्व मारा गतिविधी झन झन बढदै गए पछि सचेत नागरिकमा आक्रोश बढनु स्वभाविक हो । नियमनकारी र माफिया बीचको अपवित्र साठगाँठका कारण बजारमा चिनीको अभाव र मुल्यब्रिद्धी भई रहँदा भन्सार छली गरि अराजकता फैलाउनेहरुबाट बजार झनै असुरक्षित बन्दै गएको छ ।
यसै माझ राष्ट्रिय उपभोक्ता मंचले अवैध तबरबाट भारतबाट चिनी आयात भईरहेको संकेत गर्दै अनुसन्धान र छानविन गरी कारवाहीकाे लागी माग गरेको छ । मन्चले प्रधानमन्त्रीलाइ सम्बाेधन गरी शुक्रबार उजुरी दिएको हो । मंचका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री कार्यालयमा दर्ता गराएको सो निवेदनम विगत ३ हप्ता देखी भारतको उत्तर प्रदेशबाट १५० मेट्रिक टन चिनी निकासी भएकामा ४८ टन मात्र भन्सार पास भई आएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्न अनुरोध गरिएको छ । साथै, मंचले १०२ हजार मेट्रिक टन चिनी अबैध तरिकाले आयात भएकाे प्रवल सम्भावना भएकाे उल्लेख गर्दै दोसी उपर कार्वाहीको माग समेत गरेको छ ।
कालाबजारियाहरुले राजश्व छली गर्दै सिमा क्षेत्रबाट अवैध रुपमा ठुलो परिणाममा चिनी भित्र्याउदा राज्यलाई ठुलो नोक्सान पुग्ने गरेको देखिन्छ । दुई तिहाई भन्दा बढि राजश्व छली गरी चोरी पैठारी हुनुमा राज्य संयन्त्रमा बस्नेहरुको लापर्बाही प्रमुख कारकका रुपमा रहेको देखिन्छ।
FACEBOOK COMMENTS