काठमाण्डौं– नेपाली सैनिक दिवसको पुर्व सन्ध्यामा शनिबार नेपाली सेनाले चौथो प्रधानसेनापति खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ ।
‘खुसिको लागि दौड’मा भन्ने नारा दिएको उक्त म्याराथनमा नेपालको कर्पोरट क्षेत्रको पनि सहभागिता जनाएको छ ।
म्याराथनमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका कोषध्यक्ष सुषमा महरा, कर्पोरेट पत्रिकाका अध्यक्ष उज्जल जंग शाहले पाँच किमि वाकथोनमा भाग लिएका थिए ।
४२ किलोमिटर म्याराथन , हाफ म्याराथन, १० किमी म्याराथन , ५ किमी वाकथन लगाएतका विधा थिए ।
खेलाडीहरुको मनोबल उच्च राख्न एवम् हौसला प्रदान गर्नका लागि नेपाली सेनाले विजेता खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको छ ।
यस्ता प्रतियोगिताले नागरिक र सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै राष्ट्रको समग्र खेलकुदको बिकासमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
FACEBOOK COMMENTS