काठमाण्डौँ — राजधानीमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन सम्पन्न भएको छ।
आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको हो ।
सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको एनसिआईटी कलेजका निर्देशक बिजुली प्रसाद राणाले जानकारी दिए।
सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए।
एनसिआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको बताए।
देश तथा विदेशबाट ६० भन्दा बढि ‘पेपर’ प्राप्त भएको र यसमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएको थियो।
FACEBOOK COMMENTS