काठमाडौं,कार्तिक १६- बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत उद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कुपोषण विरुद्ध सरकारको लक्ष्य हासिल गर्नकालागि सहयोग गर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिन् । संविधानले प्रत्येक बालबालिकालाई शिक्षँ, स्वास्थ्य, पोषणको अधिकार दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाको सर्वाङ्गिण विकासकालागि शुपोषित हुनु आवस्यक रहेको पनि बताइन् ।
यस बृहत् अभियानलाई अगाडि बढाउन गैरनाफामूलक बलियो नेपाल नामक संस्था स्थापना गरिएको छ। नेपालमा आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कारण ख्याति कमाएका व्यक्तित्व बलियो नेपालको बोर्डमा छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्ले अध्यक्ष रहेको बलियो नेपालको बोर्डमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरी, क्रिकेटर पारस खड्का, नविल बैंकका सीईओ अनिल शाह र पोषणविद् डा. उमा कोइराला छन्।
चौधरी ग्रुप एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको विशेष पहलमा यो अभियान नेपालमा कार्यान्वयनमा आएको हो । अध्यक्ष चौधरीले विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनसग चौधरी ग्रुपले सहकार्य गर्ने गरि यस कार्यक्रमलाई नेपालमा कार्यान्वयन गर्न विशेष पहल लिएका हुन् ।
‘हाम्रा बालबालिकाहरू देशका भविष्य हुन् । उनीहरूलाई भौतिक र मानसिक रूपमा बलियो बन्ने वातावरण बनाउनु हाम्रो अहिलेको जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘हाम्रा बालबालिका कुपोषणको शिकार भईरहेका छन् । उनीहरूलाई कुपोषणबाट बाहिर निकाल्न एउटा वृहत् अभियानको खाचो छ । यहि उद्देश्यका साथ चौधरी फाउण्डेसनले विल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनसग सहकार्य अगाडि बढाएको हो ।’
नेपालका नया अनुभवलाई कुपोषणविरुद्धको प्रभावकारी कदमका रूपमा भविष्यमा अन्य देशमा लागू गर्न सकिने विश्वास गरिएको छ। अध्यक्ष चौधरीले यो अभियानमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी कुपोषणविरुद्ध उपलब्धि हासिल गरेरै छाड्ने प्रतिबद्धता जनाए।

पहिलो चरणमा यो अभियान प्रदेश ५ मा लागू गरिएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस अभियानका लागि आफ्नो प्रदेश छानिएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेलले कुपोषणविरूद्धको अभियानमा निजी क्षेत्रको संलग्नतालाई स्वागत गर्दै यसबाट भविष्यमा अपेक्षित नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे।

सीएनआईका उपाध्यक्ष चौधरीले यस अभियान अगाडि बढाउन दुई वर्षदेखि गरिएका पहलबारे जानकारी दिए। ‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान सुरु भएको छ। यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नुपरेको छ’, उनले भने।‘हाम्रा बालबालिकाप्रति समर्पित अभियान शुरू भएको छ । यसलाई सफल बनाएर हामीले विश्वमा नयाँ उदाहरण प्रस्तुत गर्नु परेको छ’ चौधरीले भने । यस अभियानमा सीजीका उत्पादनहरू प्रवर्धन गर्न लागिएको भन्ने टिप्पणीप्रति लक्षित गर्दै सीजीका प्रवन्ध निर्देशक समेत रहनु भएका चौधरीले भने– ‘यस अभियानमार्फत् सीजीका उत्पादनहरूको प्रवर्धन गर्न लागिएको भन्ने एकाध टिप्पणीप्रति प्रतिक्रिया जनाउन हामीले आवस्यक ठानेका छैनौँ ।’