५ चैत, काठमाडौं- साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो ।
बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले एक-एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।
खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २-० को अग्रता लियो ।
८२औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि बार्यन २-१ ले विजयी भयो ।
FACEBOOK COMMENTS