काठमाण्डौँ — सरकारले इन्धनको मूल्य छठसम्म यथावत राख्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि चाडबाडमा उपभोक्तालाई सहुलियतका लागि मूल्य नबढाउने निर्णय गरेको हो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मूल्य थावत राख्ने निर्णय भएको बताए ।
आइओसीले उपलब्ध गराएको मूल्य अनुसार आयल निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS