काठमाडौं,चैत ९- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका सबै डाक्टरहरुलाई कोरोनाको रोकथामका लागि खटाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयअनुसार प्रदेश अन्र्तगत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो ।
त्यस बाहेक छात्रवृद्धिमा अध्ययनरत एमबीबीएस तथा एमडी।एमएसका विद्यार्थीहरुलाई समेत कोरोना रोकथाममा खटाइनेछ । स्वास्थ्य मन्त्री ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पत्रचार गर्दै नेपाल सरकारको छात्रवृद्धिमा अध्ययन गरेका डाक्टरहरुको सूचि तयार परेर कोरोना रोकथामको काममा खटाउन भनेका हुन् ।
FACEBOOK COMMENTS