अन्जन न्यौपाने
तनहुँ ,मंसिर ४ – तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक एब्म पर्यटकिय महत्व बोकेको छाब्दी बराहीदेवीको मन्दिरमा दर्शन गरि भाकल गरे मनोकामना पुराहुने भन्दै भक्तजनहरुको भिड्भाड दिन प्रतिदिन बड्दैं गएको छ।
ब्यास नगरपालिका-१४ स्थित कर्लुङ भन्ने स्थानमा वि.स १८ सय सालको जेष्ठ ९ गते जहर सिंह आले द्वारा उक्त मन्दिरको संरक्षण ,संबद्धनगर्न खरको झुपडीमा छाब्दी बराहक्षेत्रको स्थापना गरी पुजा आरधना गरि संस्थापक पुजारीका रुपमा स्थापित भएका थिए।
श्रदालु भक्तजनहरुको आस्था र भरोषाको केन्द्रका रुपमा रहेका सुनटिकी बाम,रजबाम,कत्ले माछा ,चुच्चे माछाको दर्शन गरेर भाकल गरे मनोकामना चाडै नै पुराहुने जन बिश्वास रहेको छ।
कूल ६१ रोपनी १० आना १२ पैसा ३ दाम क्षेत्रफल ओगटेको छाब्दीबाराही मन्दिरमा ३ हजार देखि ५ हजारको दैनिक जसो देश विदेशका विभिन्न धार्मिक संम्रदायका भक्तजनहरुको घुईचो लाग्ने गरेको मन्दिरका पुजारी चोल बहादुर आलेले बताए ।
मन्दिरका दोस्रो पुजारी कृष्णबहादुर आालेका अनुसार , भाकलगरेपछि मनोकामना चाडैनै पुराहुने जन विश्वास रहिआएकाले दैनिक जसो विभिन्न स्थानबाट मन्दिरलाई भाकलका रुपमा चडाउन ल्याईएका माछा ,शंख ,नरिवल ,फुलपाती,घण्टी , अछेत्ता चडाउने ,हाँस,बाख्रा ,कुखुरा र परेवा समेत भाकल पूरा नहुदै र भाकल पुरा भएपछि भक्तजनहरुले मन्दिरमा चडाउने गरेको आलेले वताए।

छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम) का अनुसार ,गण्डकी प्रदेश सरकारबाट मन्दिरको प्रवेश द्वारका लागि १० लाख रकम उपलब्ध भएको बताए । यसैगरी मन्दिरको स्तरउन्नतिका लागि पर्यटन मन्त्रालयबाट १० लाख,ढल निकास विभागबाट १० लाख र ४ करोडको गुरुयोजना अन्तरगत ४ लाखको डि.पि.आर तयार भै सकेको अध्यक्ष थापाले बताए । उनी भन्छन् ‘हाम्रो २७ जनाको समिति छ , शौचालय जम्मा २ वटा छन्,कर्मचारी ५ जना छन् ,भिडभाड ब्यबस्थापन गर्न स्यमंसेवक र शान्ति सुरक्षा कायम राखन्न नेपाल प्रहरीको ११ जनाको प्रहरी दरबन्दी रहेकोमा दरवन्दी अभावकाकारण जम्मा७ जना प्रहरी मन्दिर परिशरमा तैनाथ रहेका छन् ” ।

मन्दिरमा रु ५ हजार भन्दा माथि आर्थिक सहयोग प्रदानकर्तालाई मार्वलको सिलालेखमा नाम राखिएको छ। ५ जना मन्दिरका कर्मचारीहरुरहेको सो मन्दिरको बार्षिक कूलआम्दानी ३० लाख ५५ हजार रहेकोमा ३४ प्रतिशत पुजारीलाई दिईने र ६६ प्रतिशत समितिको कोषमा दाखिला गरिने नियमरहेको छाब्दी बाराही मन्दिर विकास कोषले जनाएको छ ।