काठमाडौं, माघ २४ – शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा छैटौं ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी २०२०’ शुरू हुँदै छ । मिडिया स्पेस सोलुशन्स र भारतीय कम्पनी फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त प्रयासमा यो प्रदर्शनी आयोजना गरिएको हो । यस मेला मुख्य प्रायोजक भने बाहुबली सिमेन्ट रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेवाङको प्रमुख अतिथ्यमा मेलाको उद्घाटन गरिने बताइएको छ ।
माघ २६ गतेसम्म चल्ने मेलामा विश्वभरका नेपालसहित विभिन्न मुलुकका २०० कम्पनीको सहभागी हुनेछन् । मेलामा २०० ओटा स्टलमा ३५० भन्दा बढी ब्रान्डका सामग्री प्रदर्शनी गरिनेछ । एक्स्पोमा विशेषगरी निर्माण क्षेत्रका सम्पूर्ण सामग्री पाइने आयोजकले जानकारी दिएको छ ।
घर निर्माणदेखि घरभित्रका लागि आवश्यक सामग्री समेत मेलामा पाइने बताइएको छ । प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्माण कम्पनीको सहभागिता रहनेछ । मेलाको स्टलबाट निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराइने आयोजकले बताएको छ ।
प्रदर्शनीमा सहभागी हुने नेपाली तथा विदेशी कम्पनीको अनुपात ५०ः५० प्रतिशत हुने मिडिया स्पेस सोलुशन्सले जानकारी दिएको छ । आयोजकका अनुसार पहिलो मेलामा नेपाली र विदेशी कम्पनी सहभागिताको अनुपात ४०ः६० प्रतिशत थियो ।
FACEBOOK COMMENTS