काठमाडौं, २६ मङ्सिर – जगदम्बा मोटर्सले टेक्निकल स्किल कम्पिटिसनको आयोजना गरेको छ । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले मेकानिकको बादशाह छनौटका लागि काठमान्डौमा प्रतियोगिता आयोजना गरेको छ । मङ्सिर २५ देखी शुरु भएको सो प्रतियोगिता २७ गते समापन हुनेछ । बुधबार एक विशेष कार्यक्रमको आयोजना माझ जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल, सर्भिस हेड अमरदीप मजुमदार र नाटुका सल्लाहकार माधवप्रसाद पाण्डेले सो प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा भाइस प्रेसिडेन्ट अग्रवालले टीभीएसले सधै गुणस्तरीय सेवामा ध्यान दिने गरेको बताउँदै मेकानिक्सहरुको सम्मानले आगामी दिनमा टीभीएसको बिक्री पछिको सेवा थप गुणस्तरीय हुने बताए । कम्पनीले देशभरबाट अन्तिम चरणमा भैरहेको राष्ट्रिय स्पर्धाका लागि १३ मेकानिक्सहरु छनौट गरेको थियो । कम्पनीले पहिलो चरणमा डिलर मार्फत देशका विभिन्न स्थानमा प्रतिस्पर्धा गराएको थियो । पहिलो चरणमा कुल ९० जनाले भाग लिएको उक्त स्पर्धाबाट कुल ७० जना हुँदै दोस्रो चरणका लागि ३३ जना छनौट गरिएको थियो । दोस्रो चरणमा क्षेत्रगत रुपमा ईटहरी, नारायणगढ र नेपालगंजबाट क्रमश ३/ ३ जना र काठमाडौंबाट ४ जना गरि कुल १३ जनालाई ३३ जना बिच भएको प्रतिस्पर्धाबाट उत्कृष्टताका आधारमा छनोट गरिएको थियो । हाल भैरहेको स्पर्धामा दोस्रो चरण पार गरि आएका १३ जना मेकानिक्सहरु भिडिरहेका छन् । बुधबार देखि प्रारम्भ भएको सो प्रतिस्पर्धाको समापन शुक्रबार हुनेछ । यसरी विभिन्न चरणबाट छनोट भई राष्ट्रिय स्पर्धामा सहभागी मध्ये उत्कृष्ट तीन जना मेकानिक्सहरुले भारतको चेन्नईमा आगामी जनवरी दोस्रो हप्ताबाट शुरु हुने ग्लोबल स्किल कम्पिटिसनमा सहभागी हुने अवसर पाउने जगदम्बा मोटर्सले जनाएको छ । उक्त प्रतियोगितामा विश्वभरबाट १८ देखी २० देशले सहभागिता जनाउने अनुमान छ । बिहिबार कर्पोरेट खबरले स्थलगत रिपोर्टिङ् गर्ने क्रममा जगदम्बा मोटर्सका ट्रेनिङ हेड बद्री प्रसाद अधिकारीसँग प्रतियोगिता आयोजना बारे राखेको प्रश्नको जवाफ दिने क्रममा उनले प्रस्टयाउदै भने ‘नयाँ नयाँ आविस्कार अनुरुप सिप बिकास हुन नसकिरहेको अवस्थामा यस्ता प्रतिस्पर्धामा सहभागिता जनाइ रहदा सैद्धान्तिक र ब्यवहारिक ज्ञान हासिल हुने हुँदा प्राविधिकले ग्राहकलाई संतुस्टि दिन सक्ने र सर्भिस सेन्टरको स्तरिकरणमा सहयोग पुग्छ’ ।
FACEBOOK COMMENTS